फिक्कल । आगामी असार १० गतेबाट प्रथम इलाम नगरपालिका वडा स्तरीय डबल नकाउट ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । साखेजुङ खेलकुद विकास समितिको आयोजना र नेपालटार ब्याडमिन्टन समुहको सह–आयोजनामा असार १२ गतेसम्म नेपालटार ब्याडमिन्टन हलमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितालाई ए, बी र सी गरि ३ श्रेणीमा वर्गिकरण गरेर संचालन गरिनेछ ।
एक श्रेणीको बिजेता जोडीले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ६ हजार प्राप्त गर्नेछन् । बी श्रेणीको बिजेता जोडीले १२ हजार, उपविजेताले ८ हजार र तेश्रो हुनेले ५ हजार प्राप्त गर्नेछन् । सी श्रेणीको बिजेता जोडीले १० हजार, उपविजेताले ७ हजार र तेश्रो हुनेले ४ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा इलाम नगरपालिकाका १२ वटा वडाका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।
इन्ट्री वापत आयोजकले ए श्रेणीमा २ हजार, बी श्रेणीमा १ हजार ५ सय र सी श्रेणीमा १ हजार तोकेको छ । असार ८ गतेसम्म इन्ट्री गरेर असार ९ गते खेल तालिका सार्वजनिक गरिने भएको छ । प्रतियोगिता संचालनका लागि २ लाख ५० हजार रुपैया लाग्ने अनुमान गरिएको आयोजक समितिका कोषाध्यक्ष सुरेन्द्र प्रसाद संग्रौलाले जानकारी दिए ।