इलाम । नेकपा माओवादी केन्द्र इलाम नगर समितिले इलाम नगरपालिकाको आगामी नगरसभाका लागि सुझावहरु पेश गरेको छ । १५ औ नगरसभाबाट आगामी आर्थिक बर्षको बजेट निर्माणका लागि माओवादी केन्द्रले सुझाव पेश गरेको हो । नेकपा माओवादी केन्द्रको तर्फ बाट नगर इन्चार्ज प्रभास शर्मा र नेता डिल्ली गुरुङले नगर प्रमुख केदार थापालाई सुझाव बुझाए । थापाले कार्यान्वयन गरिने बताए । माओवादी केन्द्रले ५ वटा विभिन्न शिर्षकमा ३५ वटा सुझाव नगरपालिकालाई बुझाएको छ ।
यस्ता छन् माओवादी केन्द्रका सुझाव
क) आर्थिक विकास सम्बन्धमा :
१. जग्गाको वर्गीकरण गरी वैज्ञानिक तवरले कर संकलन गर्ने ।
२. शहरी विकास अन्तर्गत आवास घर निमार्णमा सहजता हुने गरी नक्सा पास गराई कर असुली गर्ने ।
३. अत्याधुनिक मल विउ, मल समेतको प्रवन्ध मिलाई कृषि उत्पादनमा प्रोत्साहन गर्ने ।
४. यस नगरमा कम्तिमा १÷२ ओटा उपयोगी उद्योगहरु संञ्चालन गर्ने ।
५. जनमुखी बजेट विनियोजन गरी असमानतालाई अन्त्य गर्ने योजना बनाउने ।
६. एक घर एक रोजगार हुने व्यवस्था मिलाउन गैरसरकारी संस्थाहरुसंगै साझेदारीतालाई फराकिलो बनाउने ।
७. श्रमको उचित पारिश्रमिकको व्यवस्थामा जोड दिने खाले कार्यक्रम बनाउने ।
८. सडक निमार्णमा दिगो विकास लक्ष्य अनुरुप उपयुक्त मापदण्ड बनाई कार्यन्वयनमा अधि बढाउने ।
९. कृषि क्षेत्र अन्तर्गतको धान, गहुँ खेतिका लागि सिंचाइ सुविधा कृषियोग्य जमिनमा पुर्याउने व्यवस्था मिलाउने ।
१०. पशुपंक्षीजन्य उत्पादनलाई प्रोत्साहन दिने कार्यक्रमको व्यवस्था गर्ने ।
(ख) सामाजिक विकास सम्बन्धमा :
१. गुणस्तरीय शिक्षा आजको आवश्यकतालाई मध्यनजर गरी विद्यालय लक्षित कार्यक्रम अनुगमन निदेशिका, व्यवस्थित भवन निमार्ण कार्यक्रम, सबै विद्यालयलाई स्मार्ट कक्षाकोठा निमार्णमा सहयोग, नगर अनुदान शिक्षकको व्यवस्था) ल्याई अघि बढाउने ।
२. जनमुखी स्वास्थ्य सेवा कार्यक्रमलाई प्रोत्साहन गरी आधारभूत औषधीहरुको व्यवस्था, अनुगमन, वितरण जस्ता कार्यहरुलाई अघि बढाउने ।
३. स्वाच्छ खानेपानीको व्यवस्थापनमा प्रत्येक वडाहरुको अवस्था अवलोकन गरी सोही
अनुसार व्यवस्थापन गर्ने ।
४. युवा क्लब, बाल क्लब, जेष्ठ नागरिक मञ्च जस्ता संगठन निमार्ण गरी खेलमैदान, भजनर्कितन केन्द्र निमार्ण गरी समानता कायम गर्ने ।
५. सामाजिक सुरक्षा कार्यक्रमका अवयवहरुलाई व्यवस्थित बनाई सेवामुखी बनाउने व्यवस्था गर्ने ।
६. साहित्यिक केन्द्र मार्फत प्रतिभावान व्यक्तित्वहरुको सूची तयार गरी प्रेरणा प्रदान गर्ने कार्यक्रम बनाउने ।
७. वातावरण संरक्षणमा प्रोत्साहन गर्ने कार्यक्रमको व्यवस्था गर्ने ।
८. स्वच्छ इलाम स्वास्थ्य इलामेली भन्ने मूल नारालाई सार्थक बनाउने व्यवस्था मिलाउने ।
(ग) पूर्वाधार विकास सम्बन्धमा :
१. दिनानुदिन यातायातका साधनको दुर्घटना, धनजनको क्षति, आदि कम गर्न आवश्यक वाटोको मापदण्ड अनुसार अघि बढाउने व्यवस्था मिलाउने ।
२. संञ्चारका साधन विकासमा आवश्यक निर्देशिका बनाई खोल्ने बन्दगर्ने के हो ? भन्ने व्यवस्था मिलाउने ।
३. जलविधुत, उर्जा विकासका लागि पानीको स्रोतको व्यवस्थापनमा लाग्न प्रेरित हुने व्यवस्था मिलाउने ।
४. घर निमार्ण, नक्सा पास सम्बन्धी विद्यमान व्यवस्था धेरै झन्झटिलो भएको हुदा यसलाई सहज बनाउने व्यवस्था मिलाउने ।
(घ) वन वातावरण तथा विपत व्यवस्थापन सम्बन्धमा :
१. भौगोलीक अवस्था तथा कृषियोग्य माटो बाहेकमा वन विकास गर्ने व्यवस्था मिलाउने ।
२. हाल उपलब्ध सिमसार क्षेत्र, जलधार क्षेत्रहरुको सूचिकृत गर्ने व्यवस्था मिलाउने ।
३. बाढी पहिरो जस्ता अप्रत्यासित प्राकृतिक प्रकोपका लागि पूर्वतयारीको व्यवस्था, राहत वितरणको व्यवस्था सम्बन्धी निर्देशिका बनाई अगाडि बढाउने ।
४. वृक्षा रोपण कार्यलाई अनिवार्य गराउने व्यवस्था मिलाउने ।
५. वारुण यन्त्र तथा एम्बुलेन्स सेवालाई अवडेट बनाउने व्यवस्था मिलाउने ।
६. फोहोर मैला व्यवस्थापनमा जनचेतनामुखी कार्यक्रम अघि बढाई फाहोरलाई प्रशोधन गर्ने व्यवस्था मिलाउने ।
७. पर्यटनलाई प्रवर्दन गरी नागरिकको जिवन संग जोडने योजना बनाउने ।
(ङ) सुशासन तथा संस्थागत विकास सम्बन्धमा :
१. सुरक्षा व्यवस्थालाई जनमुखी बनाउने व्यवस्था मिलाउने ।
२. सडक वालवालिकाहरुको जन्म दर्ता, विवाह दर्ता गर्ने व्यवस्था मिलाउन आवश्यक
निर्देशिकाको व्यवस्था मिलाउने ।
३. अनुसन्धान केन्द्रहरको व्यापकता बनाउने व्यवस्था मिलाउन आवश्यक निर्देशिका निमार्ण गर्ने
४. हाम्रो सरकार स्थानीय सरकार लाई मूर्त रुप दिने व्यवस्था मिलाउन आवश्यक कानुन निमार्ण गर्ने ।
५. वितीय व्यवस्थापनमा तदारुपता हुने व्यवस्था मिलाई वितीय जोखिमलाई न्यूनीकरण गर्ने व्यवस्था मिलनउने ।
६. लेखा परिक्षणलाई व्यवस्थित बनाई झनझटिलो हुने अवस्थालाई न्यूनिकरण गरी तुस्तदुरुस्त लेखा व्यवस्थापन तालिमको व्यवस्था मिलाउने ।