फाकफोकथुम । लक्ष्मी चेम्जोङको अध्यक्षतामा सिंहदेवी आधारभुत विद्यालय फाकफोकथुम–४ फुएतप्पाको शिक्षक अभिभावक संघ गठन भएको छ । समितिको सदस्यमा सुख बहादुर लिम्बु, सुनिता लिम्बु, राजकुमार राई , सञ्जु रेग्मी, बिनिता बिक र राज कुमार राई र शिक्षिक प्रतिनिधिमा डिल्ली माया लिम्बु रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गजेन्द्र लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा नव गठित समितिलाई गाउँ कार्यपालिका सदस्य कविता राईले शुभकामना दिइन् ।
