Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सडक मर्मतकाे बजेटबाट वडा सदस्य र कर्मचारीकाे जग्गा पुरिएकाे भन्दै माई-२ काे वडा कार्यालय तालाबन्दी

सडक मर्मतकाे बजेटबाट वडा सदस्य र कर्मचारीकाे जग्गा पुरिएकाे भन्दै माई-२ काे वडा कार्यालय तालाबन्दी

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ ३१ २०८१


सडक मर्मतकाे बजेटबाट वडा सदस्य र कर्मचारीकाे जग्गा पुरिएकाे भन्दै माई-२ काे वडा कार्यालय तालाबन्दी

माई । इलामकाे माई नगरपालिका -२ ले सडक मर्मतकाे बजेटमा मनाेमानी गरेकाे भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडाले सडक मर्मतका नाममा वडा सदस्य इन्दिरा पाण्डे र नगर प्रमुखकाे सचिवालयका कर्मचारी बिनाेद बस्नेतकाे जग्गामा पुर्न थालेपछि तालाबन्दी गरिएकाे बताइएकाे छ ।

तेज प्रसाद ढकालकाे अध्यक्षतामा “इन्धन खरिद शुक्रबारे चेप्टी सडकसँग जोडिएका सडकहरू” शीर्षकको समिति बनाएर काम गर्ने गरि कुल ६ लाख २१ हजार ९ सय ७३ रूपैया लागतमा उपभोक्ता समिति बनाए पनि वडाले थाहा नदिइ काम गरेपछि तालाबन्दी गरिएकाे समितिका सहसचिव सन्देश दियालीले बताए ।

उनले वडाले गल्ती नसच्याएसम्म तालाबन्दी रहने बताए । दियालीका अनुसार वडाबाट ३ लाख ५० हजार र बाँकी पालिकाबाट आएकाे बजेटले पाण्डेकाे सिम जग्गा पुरिएकाे हाे । उनले केही समय समितिका अध्यक्ष ढकाल सडक मर्मतकाे काममा खटिए पनि व्यक्तिकाे जग्गा पुर्न थालेपछि काम छाडेर हिडेकाे बताए ।

वडाध्यक्ष भन्छन् : व्यक्तिगत स्वार्थपुर्तिका लागि तालाबन्दी

यता वडाध्यक्ष उर्द बहादुर राईले व्यक्तिकाे जग्गा पुर्न बजेट प्रयाेग नभएकाे बताए । उनले सडक मर्मतका लागि पालिकाबाट बजेट नआएकाे तर वडाकाे २ लाखबाट काम हुने गरि समिति बनाएकाे बताए । राईले स्थलगत रूपमै आएर काम हेर्न आग्रह गरे ।

उनले स्टिमेट सहितकाे काम भएकाे बताए । अध्यक्ष ढकाल बाटाे मर्मतकाे काममा नै खटिएकाे उनलेे बताए । तालाबन्दी स्थानीयले नभइ केही व्यक्तिहरूले स्वार्थ पुर्ति नभएपछि लगाएकाले सेवाग्राही मर्कामा परेकाे गुनासाे गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार