Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

वन संरक्षणसँगै आम्दानीको श्रोत बनाउनुपर्नेमा जोड (तस्बिरहरु)

वन संरक्षणसँगै आम्दानीको श्रोत बनाउनुपर्नेमा जोड (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • बुधबार, जेष्ठ ३० २०८१


वन संरक्षणसँगै आम्दानीको श्रोत बनाउनुपर्नेमा जोड (तस्बिरहरु)

इलाम (सन्दकपुर) । इलामको सन्दकपुर गाउँपालिकामा आयोजित जनतासँग वनका कुरा अन्तरसम्बाद कार्यक्रमका सहभागिले वन क्षेत्र आम्दानीको श्रोतहुनुपर्नेमा जोड दिएका छन् । सव डिभिजन वन कार्यालय सन्दकपुरको आयोजनामा भएको कार्यक्रममा सहभागिले वन क्षेत्रको संरक्षणले पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने बताएका हुन् । सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वन क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । सव डिभिजन वन कार्यालय सन्दकपुरका प्रमुख रमेश भारद्धजले संचालन गरेको कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुराराम गुरुङ्गले सन्दकपुर गाउँपालिका वन क्षेत्र संरक्षण गर्न क्रियासिल भएको बताए ।
लोपउन्मुख वन्यजन्तु, चराचुरुङ्गी र प्राकृतिक श्रोतको खानी रहेको सन्दकपुर क्षेत्रको संरक्षणबाट पर्यटन प्रवद्र्धन गर्न सकिने भएकाले संरक्षणमा गाउँपालिकाले ध्यान दिएको अध्यक्ष गुरुङ्गले बताए । कार्यक्रममा सन्दकपुर २ का अध्यक्ष वन वातावरण समितिका सभापति सनम राईले वन क्षेत्रको संरक्षणबाट आर्थिक उपार्जनका बाटाहरु खुल्ने भएकाले सबै एक भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा सन्दकपुर ३ का अध्यक्ष सामाजिक विकास समितिका सभापति लिल बहादूर बुर्जाले सीमा जोडिएको छिमेकी भारतको सिंहलिला राष्ट्रिय निकुञ्जले वन संरक्षण गरि राम्रो आम्दानी गरिरहेकाले सन्दकपुर गाउँपालिका पनि अग्रसर भएर लागेको बताए । कार्यक्रममा केचना कंचनजंघा पर्यटन विकास समिति संचालक समिति सदस्य सुजन तिमसिनाले सन्दकपुरको वन क्षेत्रको संरक्षण गरि त्यहाँ पाइने जैविक विविधता, प्राकृति श्रोत, वन्यजन्तु, चराचुरुङ्गी देखाएर विश्वभरका पर्यटकहरु भित्रयाउन सकिने प्रशस्त आधार भएकाले डिभिजन वन  कार्यालयले त्यस तर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा टोड्के छानतालुङ्ग सामुदायीक वनका अध्यक्ष झलक राई, उच्च पहाडी जडिबुटी उत्पादक संस्थाका दिनेश सुवेदी, सन्दकपुर गाउँपालिका प्रशासकिय अधिकृत धननारायण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार