Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

नेपालका ९९ प्रतिशत वडा प्राकृतिक विपद्को जोखिममा, बढी जोखिम बाढीको

नेपालका ९९ प्रतिशत वडा प्राकृतिक विपद्को जोखिममा, बढी जोखिम बाढीको

  • सन्देश सम्बाददाता
  • बुधबार, जेष्ठ ३० २०८१


नेपालका ९९ प्रतिशत वडा प्राकृतिक विपद्को जोखिममा, बढी जोखिम बाढीको

काठमाडौं । नेपालका ९९ प्रतिशत वडाहरू कुनै न कुनै प्रकारको विपद्‍बाट जोखिममा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशभर रहेका ६ हजार ६४३ वडामध्ये ६ हजार ६६४ वडामा कुनै न कुनै प्रकारको प्राकृतिक विपद्को जोखिम रहेको पाइएको छ । सबैभन्दा धेरै जोखिम बाढीको रहेको पाइएको छ । कार्यालयले जनगणनाको सामुदायिक प्रश्नावलीमा १६ वटा जोखिम उल्लेख गरेर विवरण भरेको थियो । जसमध्ये ६३।३ प्रतिशत वडाले बाढीको जोखिम रहेको उल्लेख गरेका छन् ।

सबैभन्दा कम वडामा भने हिमताल विस्फोटनको जोखिम रहेको पाइएको छ । प्रदेशगत रूपमा हेर्दा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै वडा बाढी र पहिरोको जोखिममा देखिन्छन् । देशभरि पहिरोको जोखिम रहेका वडा ५९।७ प्रतिशत आँधी र हुरीबतासको जोखिममा ५२।६ प्रतिशत, वन डढेलोको जोखिममा ३६।७ प्रतिशत, आगलागीको जोखिम ३६ प्रतिशत, असिना ३५।६ प्रतिशत, डुबान २८।९ प्रतिशत र भूक्षयको जोखिम २४।१ प्रतिशत वडामा देखिएको छ ।

असिना र चट्याङ्‍गको जोखिम क्रमशः ३५।६ र ३३ प्रतिशत वडामा रहेको छ । अतिवृष्टिको जोखिम ६।२ प्रतिशत, खण्डवृष्टि ३।५ प्रतिशत, शितलहर २१।९ प्रतिशत र सुक्खा पहिरोको जोखिम ३६।५ प्रतिशत रहेको छ ।

लूको जोखिम ३ प्रतिशत वडामा रहेको पाइएको छ । हिमपहिरो १।४ र हिमपात विस्फोटनको १।२ प्रतिशत वडामा जोखिम देखिन्छ । कुनै पनि जोखिम नभएको वडाको संख्या १।२ प्रतिशत रहेको तथ्यांक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार