इलाम : इलामको फाकफोकथुम गाउँपालिका-५ बाट बसाइँसराइको क्रम बढेको पाइएको छ । वडा कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार १० महिनामा १० परिवार बसाईसराई गरी अन्यत्र गएका छन् । चालू आर्थिक वर्ष २०८०/०८१ को साउन १ देखि वेशाख मसान्तसम्ममा बसाईसराइ गरी आउनेको सङ्ख्या शुन्य रहेको वडा सचिव लेकबहादुर नेम्बाङले जानकारी दिए ।
त्यस्तै सो अवधिमा २१ पुरुष र २३ महिला गरी ४४ जनाले जन्मदर्ता गराएका छन् । पाँ पुरुष र आठ महिला गरी १३ जनाको परिवारले मृत्युदर्ता गराएका छन् । त्यसैगरी १९ जोडीले विवाहदर्ता र तीन जोडीले सम्बन्ध विच्छेद गरेका छन् ।
