फिक्कल । सूर्योदय नगरपालिकाकाे आर्थिक सहयाेग तथा इन्द्रेनी युवाक्लबकाे आयाेजनामा संचालित वडास्तरीय भलिबल प्रतियाेगिताकाे सेमिफाइनल समिकरण पूरा भएकाे छ । शनिबार क्वाटरफाइनलका ३ वटा खेलहरू सम्पन्न भएसंगै सेमिफाइनल भिड्ने टिम पक्का भएकाे हाे ।
आज वडा न १० र १३ बिच पहिलाे सेमिफाइनल खेल हुनेछ । साेमबार वडा नं.३ र १४ वीच दाेस्राे सेमिफाइनल खेल संचालन हुनेछ शनिबारकाे पहिलो खेलमा वडा नं.७ लाई हराउदै १३ सेमिफाइनलमा प्रवेश गरेकाे छ। वडा नं. ३ र ४ बीच सम्पन्न भएकाे दाेस्राे खेलमा वडा नं.३ विजयी बनेकाे छ ।
त्यसैगरी वडा नं.१ र १४ वीच भएकाे अन्तिम खेलमा वडा नं.१४ विजयी भई सेमीफाइनलकाे आफ्नाे यात्रा तय गरेकाे छ । २९ गते मंगलबार फाइनल खेल सम्पन्न हुने आयाेजक समितिकाअध्यक्ष रिन्छेन तामाङ्गले जानकारी दिए ।