माई (इलाम) इलामको माई नगरपालिकामा उद्घोषण तथा पत्रकारितासम्बन्धी तालिम सम्पन्न भएको छ । इलाम एफएमको आयोजना र माई नगरपालिकाको सहयोगमा तालिम सम्पन्न भएको हो । तालिममा ३० जनाको सहभागिता थियो ।
एफएम सञ्चालक समिति अध्यक्ष जसबहादुर राईको अध्यक्षता, माई नगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्माको प्रमुख आतिथ्य र नगरका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलको आतिथ्यमा तालिम समापन गरिएको छ । तालिममा पत्रकारद्वय विमलकुमार दाहाल र खेमराज ढकालले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रमको सञ्चालन स्वयंसेविका चन्द्रकला श्रेष्ठले गरेकी थिइन् । समापनमा सहभागीको तर्फबाट प्रतिष्ठा ओझा, देवी धमला, सुशीला आचार्यलगायतले मन्तव्य राखेका थिए ।
