Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

फिक्कलको सिद्धार्थ बैंकले दियो विद्यार्थीलाई शैक्षिक सामग्री

फिक्कलको सिद्धार्थ बैंकले दियो विद्यार्थीलाई शैक्षिक सामग्री

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ २५ २०८१


फिक्कलको सिद्धार्थ बैंकले दियो विद्यार्थीलाई शैक्षिक सामग्री

इलाम– इलामको फिक्कलस्थित सिद्धार्थ बैंकको शाखाले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । सूर्योदय नगरपालिका–४ स्थित जनक माध्यमिक विद्यालयका ५३ विद्यार्थीलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झोलालगायत शैक्षिक सामग्री वितरण गरेको हो ।

शाखाका प्रमुख अपरेसन इन्चार्ज पूजन सापकोटाले विपन्न तथा जेहेन्दार छात्र–छात्रालाई लक्षित गरी सामग्री उपलब्ध गराएको बताए ।

प्रधानाध्यापक बेनुभक्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थ बैंकका प्रादेशिक प्रमुख सुवास श्रेष्ठले नेपाल राष्ट्र बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तोकिएको प्रावधान र क्षेत्रअन्तर्गत शैक्षिक क्षेत्र छनोट गरी कार्यक्रम गरिएको बताए ।

शाखा प्रमुख बालकृष्ण रिजालले बालबालिकाको अध्ययनमा थप ऊर्जा र उत्साह थप्ने उद्देश्यले सामग्री वितरण गरिएको बताए । उनले बैंकसँग जोडिएर बचत संस्कारको विकास गर्नसके भविष्य सहज बन्ने बालबालिकालाई सुझाव दिए ।

प्रधानाध्यापक खनालले जनक माविलाई छानेर सहयोग गरेकामा बैंकलाई धन्यवाद दिए । कार्यक्रममा वडा सदस्य पुण्यप्रसाद पोखरेल, अभिभावक, शिक्षक, विद्यार्थीलगायतको सहभागिता रहेको बैंकका कर्जा अधिकृत गणेश ढकालले जानकारी दिए । पालिका पेज

प्रतिक्रिया
सम्बन्धित समाचार