Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाम जिल्ला लीग : उपाधिको लागि रेडहर्स र त्रिवेणी भिड्ने

इलाम जिल्ला लीग : उपाधिको लागि रेडहर्स र त्रिवेणी भिड्ने

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ १८ २०८१


इलाम जिल्ला लीग : उपाधिको लागि रेडहर्स र त्रिवेणी भिड्ने

इलाम । एन्फा इलाम जिल्ला लीगको उपाधिको लागि रेडहर्स फुटबल क्लब र त्रिवेणी युथ क्ल्ब भिड्ने भएका छन् । इलामको ठुलो टुडिखेलमा भएको सेमिफाइनल खेलमा रेडहर्सले मिलियन फ्रेन्डर्स क्लब (एमएफसी) पान्दाम र त्रिवेणीले फ्रेन्डसिप युथ क्लब गोदकलाई हराउँदै उपाधि होडमा प्रवेश गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा रेडहर्सले एमएफसीलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा रेडहर्स ४–२ गोल अन्तरले बिजयी बन्यो । रेडहर्सलाई फाइनल पु¥याउन गोलरक्षक निशम दनुवारले निर्णायक भुमिका खेले ।

उनले एमएफसीको २ टाइब्रेकर प्रहार बचाएका थिए । खेलको सुरुवाती अग्रता रेडहर्सले लिएको थियो । दोश्रो हाफको १४ औ मिनेटमा प्रिन्स शेर्पाले हेडर मार्फत गोल गर्दै अग्रता दिलाए । इन्जुरी समयमा शुसान्त गुरुङले बराबरी गरे ।

दोश्रो सेमिफाइनल खेलमा त्रिवेणीले फ्रेन्डसिप माथि ३–० गोल अन्तरको जित दर्ता गरेको छ । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दोश्रो हाफको ११ औ मिनेटमा अबिरल राईले त्रिवेणीलाई अग्रता दिलाए ।

अन्तिम मिनेट र अतिरिक्त समयमा मुकेश मगरले गोल गरेपछि त्रिवेणीले रेडहर्ससंग उपाधि भेट पक्का गरेको हो । फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार