Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाममा जुनियर (यू–१५) चेस प्रतियोगिता सम्पन्न

इलाममा जुनियर (यू–१५) चेस प्रतियोगिता सम्पन्न

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ १७ २०८१


इलाममा जुनियर (यू–१५) चेस प्रतियोगिता सम्पन्न

इलाम : जुनियर (यू–१५) राष्ट्रिय बुद्दिचाल प्रतियोगिता-२०८१को लागि इलाम जिल्ला छनौट प्रतियोगिता सम्पन्न भएको छ । इलाम जिल्ला बुद्दिचाल संघको आयोजना, जिल्ला खेलकुद विकास समिति, इलामको समन्वय र कोशी प्रदेश बुद्दिचाल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताबाट छात्ररछात्रा २/२ जना छनौट भएका छन ।

आज जेठ १७ गते जिल्ला समन्वय समिति इलामको समिक्षालयमा सम्पन्न प्रतियोगिताबाट विजय भई छनौट हुनेमा छात्र तर्फ प्रथम प्रज्ञा सदन इलामका दिपेश तामाङ (इलाम नगरपालिका- ६), र द्धितिय सनराइज अङ्ग्रेजी स्कुल, सुर्योदयका सक्षम पौडेल (सूर्योदय नगरपालिका-८) भएका छन भने छात्रा तर्फ प्रमथ इलाम रोजमेरी, सूर्योदयकी रिस्ता राई (सुर्योदय नगरपालिका-११) र द्धितिय ग्रीनभ्याली एकेडेमी अध्ययनरत आन्वि राई रहेकी छिन ।

इलाम बुद्दिचाल संघका अध्यक्ष प्रकाश परियारको अध्यक्षता भएको प्रतियोगिता आर्विटर तारानिधि घिमिरे रहेका थिए । छ्नौट भएका खेलाडीले प्रदेश स्तरीय छनौटमा सहभागी हुने अवसर पाउने छ्न । जुनियर (यू-१५) को राष्ट्रिय प्रतियोगिता यहि जेठ ३०-३२ पोखरामा हुने कोशी प्रदेश बुद्दिचाल संघका अध्यक्ष सुरेन्द्र कुमार राईले जानकारी गराएका छ्न ।

आज विजेता ४ जनालाई ट्रफि र सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार