सूर्योदय । इलामको सुर्योदय नगरपालिकामा नगर खेलकुद विकास समिति र शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा अन्तर विद्यालय बुद्दिचाल ९चेस० प्रतियोगिता सम्पन्न भएको छ । इलाम जिल्ला बुद्दिचाल संघ र नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा सम्पन्न भएको प्रतियोगिताबाट बिजेता भएकालाइ नगर र प्रमाणपत्र प्रदान गरिएको थियो । नगर खेलकुद विकास समिति अध्यक्ष सौरभ आचार्यको अध्यक्षता भएको प्रतियोगिता ३२ वटा विद्यालयको ४२ जना विद्यार्थी खेलाडीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उदघाटन नगर प्रमुख रण बहादुर राई र नगर उपप्रमुख दुर्गा कुमार बरालले चेस खेल्दै संयुक्त गरेको कार्यक्रममा बुद्दिचालका प्रदेश अध्यक्ष सुरेन्द्र कुमार राइ, जिल्ला अध्यक्ष प्रकाश परियार लगायत जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । प्रतियोगितामा छात्र तर्फ प्रथम सुप्रशान्त घिमिरे ( फिक्कल मावि, दितिय निरोज चिमरिया करफोक विद्या मन्दिर, तृतीय सक्षम पौडेल ( सनराइज इंग्लिश स्कुल, चौथो निसान्त लामिछाने, जनक मा वि, पाचौं सोमाङ देवान , विद्यामन्दिर, छैठौ निरव श्रेष्ठ एभरल्याण्ड, सातौ उपासन पौडेल हिमालय मा वि र आठौ असीम राई पुण्यस्मारिका आ वि भएका थिए । यस्तै गरि छात्रा तर्फ प्रथम डिस्टिना मुखिया जनक मावि, दितिय याङजि डोल्मा शेर्पा ( बौद्धधाम मावि, तृतीय अदिप्ति राई ( सिंहदेवी मावि, चौथो रिस्ता राई ( रोजमेरी, पाचौ एन्जल राई ( हेरोहल, वैठौ जियाना प्रधान पञ्चकन्या, सातौ साक्षी राई ( एभरल्याण्ड र आठौं युना खड्का कृष्णाश्रम मा वि भएकि भएको थियो । नगर खेलकुद विकास समितिले विद्यालयहरुमा बुद्धिचाल सिकाउने निर्णय गरि दुई विद्यालय शिक्षक अभिषेक पौडेल र सुमन राई लाई प्रशिक्षण कार्यक्रममा सहभागी गराएको थियो ।
पहिलो चरणमा ३२ वटा विद्यालयमा करिब ५०० भन्दा बढी विद्यार्थीहरुलाई चेस प्रशिक्षण गरिएको थियो । प्रतियोगिताको आर्विटर इलाम चेस अध्यक्ष एवं राष्ट्रिय आर्विटर प्रकाश परियारले गरेका थियो । सुर्योदयमा चेस विकास, विस्तार र प्रवर्द्धनमा बजेट तथा कार्यक्रम ब्यवस्था गरि एवं जनशक्ति परिचाल गरि महत्त्वपूर्ण भुमिका खेलेकोमा बुद्दिचाल संघले नगरपालिकालाइ प्रसंसा पत्र समेत वितरण गरिएको थियो । उद्घाटन सत्रमा प्रदेश चेस अध्यक्ष सुरेन्द्र कुमार राइले चेस अत्यन्तै बौद्धिक खेल भएकोले चेसले सम्बृद्द र सब्य समाज निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्ने भएकोले यसको विकास र विस्तारमा लाग्न जोड दिनु भएको थियो । प्रमुख अतिथि नगर प्रमुख रणबहादूर राईले चेस विकास र विस्तारमा नगरपालिकाले पुर्ण सहयोग गर्ने बताए । कार्यक्रम फिक्कल माविमा भएको थियो ।