Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा पोलियो विरुद्ध दश हजार बालबालिकालाई लाई खोप

इलाममा पोलियो विरुद्ध दश हजार बालबालिकालाई लाई खोप

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ ९ २०८१


इलाममा पोलियो विरुद्ध दश हजार बालबालिकालाई लाई खोप

इलाममा पाेलियाे राेग विरूद्ध १० हजार ८८० बालबालिकालाई खाेप दिइने भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय इलामले सदरमुकाममा गरेको खोप सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आगामी जेठ १४ गते देखि जेठ २१ गते सम्म खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी गराएको हाे ।

२०७३ वैशाख महिना देखि ०७५ असोज महिना सम्म जन्मिएका बालबालिका पोलियो विरुद्धको आइ पि भी खोपबाट छुटेको भन्दै उक्त अवधिमा जन्मिएका बालबालिकालाई खोप दिने तयारी गरेको हो । यसका लागि ९३ स्वास्थ्य संस्था, छ सय खोप केन्द्र, एक हजार तीन जना स्वयंसेवक र एक सय ७० तालिम प्राप्त स्वास्थ्य कर्मी तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डितले बताए ।

सन् २०२६ सम्ममा पोलियो रोग उन्मूलनको लक्ष्य लिएको नेपाल सरकारले यसपटक १४ लाख बालबालिकालाई पोलियो विरुद्धको खोप दिने तयारी गरेको छ । सन् २०१० पछि नेपालमा पोलियोका कुनै पनि विरामी फेला नपरे पनि अन्य मुलुकहरुबाट आउजाउ गर्ने मानिसबाट रोग सर्न सक्ने खतरालाई ध्यान दिंदै यो खोप अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख आदित्य शाक्यले बताए यो ।

‘यो खोपबाट आएको अवसरलाई कोही पनि अभिभावकले नगुमाउनु होस, आफ्ना नानीहरुलाई खोप लगाउनु होस, फेरि पनि यो अवसर आउँदैन ।’ शाक्यले भने ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार