Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलामका पर्यटकीय गन्तव्य अन्तु, कन्याम र सन्दकपुर हिल स्टेशनमा विकास गर्ने योजना

इलामका पर्यटकीय गन्तव्य अन्तु, कन्याम र सन्दकपुर हिल स्टेशनमा विकास गर्ने योजना

  • सन्देश सम्बाददाता
  • बुधबार, जेष्ठ २ २०८१


इलामका पर्यटकीय गन्तव्य अन्तु, कन्याम र सन्दकपुर हिल स्टेशनमा विकास गर्ने योजना

इलाम । इलामको पर्यटकीय क्षेत्र अन्तु, कन्याम र सन्दकपुर गाउँपालिका हिल स्टेशनका रुपमा विकास हुने भएका छन् । नेपाल पर्यटन बोर्डले देशभरमा ७ वटै प्रदेशमा हिलस्टेशनको विकास गर्ने योजनाका साथ सन्दकपुर, कन्याम र अन्तु पनि छनौट परेका हुन् ।
पर्यटकीय क्षेत्र कन्याम र अन्तु सुर्योदय नगरपालिकामा सन्दकपुर इलामको उत्तरी गाउँपालिका हो । हिल स्टेशनको गुरुयोजना तयार गर्ने बिषयमा नेपाल पर्यटन बोर्डका प्रबन्धक सन्तोश घिमिरे सहितको टोलीले इलामको सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका भित्रका जनप्रतिनिधिसँगै सरोकारवालासँग छलफल गरेको छ ।
विश्वका धेरै देशहरुमा हिल स्टेशनको माध्यमबाट पर्यटन प्रवद्र्धनको काम हुँदै आएकाले नेपालमा पनि पर्यटकहरु लक्षित योजना कार्यान्वयन गर्न यस्तो अवधारण अघि सारिएको पर्यटन बोर्डका प्रबन्धक सन्तोश घिमिरेले बताए ।
सन्दकपुरमा हिलस्टेशनको गुरुयोजना निर्माण बारे नेपाल पर्यटन बोर्डका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवालासँग मंगलबार छलफल सम्पन्न भएको छ । सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गको प्रमुख आथित्यतामा भएको छलफल कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष रहर राई, २ का अध्यक्ष सनम राई ३ का अध्यक्ष लिलबहादूर बुर्जा, प्रमुख प्रशासकिय अधिकृत यादव राउत, होमस्टे महासंघ सन्दकपुर गाउँपालिका अध्यक्ष जीवन सिवा, केचना कंचनजंघा पर्यटन विकास समितिका बोर्ड सदस्य सुजन तिमसिनाको उपस्थिति रहेको थियो ।
सन्दकपुर क्षेत्रमा वर्षमा हजारौ पर्यटकहरु भ्रमण गर्ने पर्यटकीयस्थल धेरै रहेकाले समग्र गाउँपालिकाको गुरुयोजना बनाउने पर्ने र प्राथमिकताका आधारमा पूर्वाधार निर्माण गर्नुपर्नेमा छलफलमा सहभागिले आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार