Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई अध्यक्ष कप : उपाधिको लागि डिफेन्डिङ च्याम्पियन इलाम र सूर्योदय भिड्ने

माईजोगमाई अध्यक्ष कप : उपाधिको लागि डिफेन्डिङ च्याम्पियन इलाम र सूर्योदय भिड्ने

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख ३१ २०८१


माईजोगमाई  अध्यक्ष कप : उपाधिको लागि डिफेन्डिङ च्याम्पियन इलाम र सूर्योदय भिड्ने

नयाँबजार : दोश्रो संस्करणको माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधिको लागि इलाम नगरपालिका र सूर्योदय नगरपालिका भिड्ने भएका छन् । माईजोगमाई गाउँपालिका– नयाँबजार स्थित बालागुरु खेलमैदानमा जारी प्रतियोगिताको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन इलामले माईजोगमाई गाउँपालिका र सूर्योदयले देउमाई नगरपालिकालाई हराएका हुन् ।

माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषदको आयोजनामा बैशाख २५ गतेबाट जारी प्रतियोगितामा इलामका १० पालिकाको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख २१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ ।

फाइनलसम्म पुग्न इलामले सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका र माईजोगमाई गाउँपालिकालाई हराएको थियो । सूर्योदयले फाकफोकथुम गाउँपालिका, माई नगरपालिका र देउमाई नगरपालिकालाई हराउको थियो । परिषदले गत बर्षबाट पालिका स्तरिय प्रतियोगिता संचालन गरेको हो ।

पहिलो संस्करणमा फाकफोकथुम गाउँपालिकालाई टाइब्रेकरमा हराउँदै इलाम नगरपालिकाले उपाधि जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार