Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामका स्थानीय तहमा धमाधम विद्युतीकरण

इलामका स्थानीय तहमा धमाधम विद्युतीकरण

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख ३१ २०८१


इलामका स्थानीय तहमा धमाधम विद्युतीकरण

फिक्कल । इलामका स्थानीय तहमा विद्युतीकरणको काम धमाधम भइरहेको छ । इलामलाई उज्यालो बनाउने योजना अनुरूप जिल्लाका सबै क्षेत्रमा विद्युत् पु¥याउने लक्ष्य राखेर विद्युतीकरणको काम तीव्र भइरहेको हो । इलामको उत्तरी पालिका सन्दकपुरमा अहिले विद्युत विस्तारको कार्य अघि बढिरहेको हो ।

गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले इलामको सबैभन्दा अग्लो स्थान ३६३६ मिटरको उचाईमा रहेको सन्दकपुर डाँडामा समेत विद्युत विस्तार भएको बताए ।

सरकारले आव २०७९/८० लाई आधार मानेर दुई वर्षभित्र देशमा शतप्रतिशत विद्युतीकरण गर्ने योजनालाई निरन्तरता दिइरहेको छ । जस अनुसार इलाम र झापामा पुर्ण विद्युतीकरणको कार्यका लागि सरकारले बजेट विनियोजन गरेर काम अघि बढाएको हो ।

नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले समेत अहिले जिल्लामा प्रयोग भएका सबै काठका बिजुली पोल विस्थापित गर्ने काम अघि बढाएको छ । जिल्लाभर विद्युत् लाइन विस्तारका लागि प्रयोग भएका सबै काठे पोल विस्थापित गरी फलामका पोल राखिदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार