Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

कोशी मुख्यमन्त्री दाबी गर्दै एमालेका हिक्मत कार्कीले बुझाए ५२ सांसदको हस्ताक्षर

कोशी मुख्यमन्त्री दाबी गर्दै एमालेका हिक्मत कार्कीले बुझाए ५२ सांसदको हस्ताक्षर

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख २७ २०८१


कोशी मुख्यमन्त्री दाबी गर्दै एमालेका हिक्मत कार्कीले बुझाए ५२ सांसदको हस्ताक्षर

विराटनगर । कोशीमा नेकपा एमालेका हिक्मत कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका छन्। बिहीबार नेकपा एमालेका प्रदेश सांसदहरूसहित पुगेका कार्कीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी पेस गरेका हुन्।

उनले संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन्। प्रदेश प्रमुखसमक्ष कार्कीले बुझाएको हस्ताक्षर एमाले, माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर गरेका छन्।
दाबी पेस लगत्तै कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ। दाबी पेश भएपछि प्रदेश प्रमुखले एमाले र माओवादी सांसदहरुलाई सनाखत गराउने कार्यक्रम छ। लगत्तै नियुक्ति तथा शपथ हुने एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

कोशीमा एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसद छन्। विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गरिरहँदा मुख्यमन्त्री केदार कार्की भने अदालत जान काठमाडौंमा छन्।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार