Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

६ जना सांसद लिएर पार्टी फुटाउने हल्ला निराधार : झलनाथ खनाल

६ जना सांसद लिएर पार्टी फुटाउने हल्ला निराधार : झलनाथ खनाल

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख २७ २०८१


६ जना सांसद लिएर पार्टी फुटाउने हल्ला निराधार : झलनाथ खनाल

इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एकीकृत समाजवादी विभाजनको हल्ला गलत भएको बताएका छन् । वक्तव्य जारी गर्दै खनालले जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि एकीकृत समाजवादी फुट्ने गलत हल्ला चलेको बताएका छन् ।

‘‘केही दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजन हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रुपले फैलाइएको छ’,

खनालको वक्तत्वमा भनिएको छ, ‘केही अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्वहरुले सुनियोजित रुपले यस्तो प्रचार गरेका छन् ।’

प्रतिक्रिया
सम्बन्धित समाचार