Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

उपेन्द्र यादवको पार्टी विभाजन, अशोक राईको नेतृत्वमा नयाँ पार्टी बन्ने

उपेन्द्र यादवको पार्टी विभाजन, अशोक राईको नेतृत्वमा नयाँ पार्टी बन्ने

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख २३ २०८१

उपेन्द्र यादवको पार्टी विभाजन, अशोक राईको नेतृत्वमा नयाँ पार्टी बन्ने

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन हुने भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको हो । नयाँ दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको छ । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ ।

विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको दाबी छ । यसमध्ये सात जनाले हस्ताक्षर गरिसकेका छन् । यसमा राईसहित प्रदीप यादव, सुशीला श्रेष्ठलगायत छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने हाल अमेरिकाको भ्रमणमा रहेका छन् । उनी आज राति नेपाल फर्कने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार