Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

राप्रपाको समीक्षा : इलाम र बझाङमा कमजोर संगठन हुँदा पराजित हुनुपर्‍यो

राप्रपाको समीक्षा : इलाम र बझाङमा कमजोर संगठन हुँदा पराजित हुनुपर्‍यो

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख २१ २०८१


राप्रपाको समीक्षा : इलाम र बझाङमा कमजोर संगठन हुँदा पराजित हुनुपर्‍यो

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कमजोर संगठनका कारण इलाम-२ र बझाङको उपनिर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष निकालेको छ। वैशाख १५ गते भएको उपनिर्वाचनमा दुवै ठाउँमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका थिए भने राप्रपा उम्मेदवारहरूको जमानत जफत भएको थियो।

इलाम-२ का राप्रपा उम्मेदवार लक्ष्मी गुरूङले ४०४ मत ल्याएका थिए भने बझाङको प्रदेश सभा क्षेत्रका उम्मेदवार किशोरकुमार खड्काले २४२ मत ल्याएका थिए। जबकी इलाम-२ मा जितेका एमालेका सुहाङ नेम्वाङले २७७७२ र बझाङमा जितेका एमालेकै दमनबहादुर भण्डारीले ११६१३ मत ल्याएका थिए।

राप्रपाको वैशाख १८ गतेदेखि २० गतेसम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपनिर्वाचनको परिणामलगायत विषयमा समीक्षा भएको थियो। राप्रपाले इलाम र बझाङको उपनिर्वाचनमा पार्टीका उम्मेदवारका पक्षमा मतदान गर्नेलाई धन्यवादसमेत दिएको छ।

‘उपनिर्वाचनको परिणाम पार्टीका लागि सुखद रहेन मात्रै होइन अनपेक्षित हुन पुग्यो,’ बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन परिणाम पार्टीको पक्षमा नहुनुमा कमजोर संगठन प्रमुख कारण रहेकोले आगामी दिनमा संगठन सुदृढीकरणका कार्यक्रम सञ्‍चालन गर्ने निर्णय गरिएको छ।’

प्रतिक्रिया
सम्बन्धित समाचार