Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई वडा कप : उपाधिको लागि वडा नं १ र ३ भिड्ने

माईजोगमाई वडा कप : उपाधिको लागि वडा नं १ र ३ भिड्ने

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख २० २०८१


माईजोगमाई वडा कप : उपाधिको लागि वडा नं १ र ३ भिड्ने

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकामा जारी वडा कपको उपाधिका लागि वडा नं १ र ३ भिड्ने भएका छन् । माईजोगमाई–१ स्थित बालागुरु खेलमैदानमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा वडा नं १ ले वडा नं ६ लाई ६–० फराकिलो गोल अन्तरले हराउँदै अन्तिम २ मा स्थान सुरक्षित गरेको हो ।

पहिलो हाफमा १–० अन्तर बनाएको वडा नं १ ले दोश्रो हाफमा ५ गोल गर्न सफल रहयो । त्यसैगरी दोश्रो खेलमा वडा नं ४ लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै वडा नं ३ ले फाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको खेलमा निर्णयका लागि टाइब्रेकर रोजिएको थियो ।

माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषदको आयोजनामा गत बैशाख १९ गतेबाट जारी प्रतियोगितामा पालिकाको ६ वडाको सहभागिता रहेको थियो । फाइनल खेल बैशाख २१ गते हुनेछ । आगामी बैशाख २५ गतेबाट संचालन हुने दोश्रो संस्करणको अध्यक्ष कप अन्तरपालिका फुटबल प्रतियोगिताका लागि घरेलु टिम छनौटका लागि वडा कप आयोजना गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार