Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष पहिचान पक्षधर

पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष पहिचान पक्षधर

  • सन्देश सम्बाददाता
  • बुधबार, बैशाख १९ २०८१


पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष पहिचान पक्षधर

इलाम । पहिचान पक्षधरले इलाम २ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । ‘पहिचानसहितको १ नम्बर प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समिति’मा आबद्व विभिन्न संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै मतदातालाई धन्यवादसमेत दिएका छन ।

किरात याक्थुङ चुम्लुङ,नेपाल आदिवासी जनजाति महासंघ,पहिचानसहितको १ नम्बर प्रदेश पुनः नामांकन अभियान समिति,किरात राई यायोक्खा,नेपाल शेर्पा संघ,जसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति,संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च,राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा एस निकट लिम्बू संघ समाजवादीले विज्ञप्तिमार्फत पहिचानका साझा र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूलाई मतदान गर्ने इलामेली मतदातालाई सामूहिक धन्यवाद दिएका हुन् ।

‘हामीले प्राप्त गरेको जनमतले पहिचान र अधिकार प्राप्तिको आन्दोलनलाई सामूहिक राजनीतिक पुँजीमा रूपान्तरण गर्न गराउन उत्प्रेरित गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । इलाम २ मा वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गर्दै तेस्रो स्थान सुरक्षित गर्न सफल भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार