Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

भ्यान दुर्घटनास्थलमा भेटिएको शव देउमाईका दीपेश राईको

भ्यान दुर्घटनास्थलमा भेटिएको शव देउमाईका दीपेश राईको

  • सन्देश सम्बाददाता
  • बुधबार, बैशाख १९ २०८१


भ्यान दुर्घटनास्थलमा भेटिएको शव देउमाईका दीपेश राईको

इलाम । इलामको रोङ गाउँपालिका ४, बाघखोरस्थित मेची राजमार्ग बुधबार बिहान भएको भ्यान दुर्घटनास्थलमा भेटिएको शव इलामको देउमाई नगरपालिका ६ का अन्दाजी २४ र २५ वर्षका दीपेश राई रहेको प्रहरीले जनाएको छ ।

झापाबाट इलामतर्फ आइरहेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान दुर्घटनास्थलमा अरू घाइते पनि फेला परेका छन् । शरीरका विभिन्न भागमा चोट, अवस्था तत्काल बोल्न नसक्ने एक घाइते भेटिएको र उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि झापा पठाइँदै गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार भ्यानमा इलाम नगरपालिका ५ का अन्दाजी २५र२६ वर्षका विश्वास राई पनि सवार रहेको जानकारी प्रहरीलाई आएको छ । भ्यान इलाम नपा ५ बिप्ल्याँटेका याम श्रेष्ठको रहेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार