रोङ : इलामको रोङ गाउँपालिका–३ मार्सेमा रहेको गोरेपोखरी जलेश्वर शिव मन्दिरको आय–ब्यय सार्बजनिक भएको छ । मन्दिर प्राङगणमा एक कार्यक्रम गरी कुल १२ लाख ७७ हजार चार सय ५६ रुपैया नगद संकलन भएको विवरण सार्बजनिक भएको छ ।
उक्त आम्दानीमा ६ लाख ७७ हजार २ सय ९४ रुपैया खर्च भइ ६ लाख १ सय ६२ रुपैया बचत रहेको बिवरण सार्बजनिक भएको छ । सार्बजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै रोङ गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले पुराणको सबै हरहिसाब मसिनो गरी सार्वजनिक गरेकोमा आयोजक समितिलाई धन्यबाद दिइन् ।
गाउँपालिकाको एक मात्र प्राकृतिक पोखरीको सरक्षणमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबध्दता गर्दै दिर्घकालिन योजना सहित प्रस्ताब प्रस्तुत गर्न पनि आग्रह गरिन् । त्यसैगरी रोङ ३ का वडा अध्यक्ष मात्रिका बरालले पुराणले धार्मिक संगै सामाजिक बिकासमा समेत सहयोग पुगेको बताए ।
पोखरी क्षेत्रमा सार्बजनिक भवनको आवस्यकता रहेकाले आगामी बर्षको बजेटमा यस तर्फ ध्यान दिने वडा अध्यक्ष बरालले बताए । यस अघि आम्दानी र खर्चको बिवरण सार्बजनिक गरिएको थियो । प्रचार प्रसार समितिका संयोजक इन्द्रबहादुर राइले सहयोग गर्ने सबै दाताको नाम र सहयोग रकम बाचन गरेर सुनाएका थिए ।
मन्दिर सरक्षण समितिका अध्यक्ष मोहनलाल कट्टेलको सभापतित्वमा भएको कार्यक्रममा आयोजक समिति संयोजक भक्त खवास, शंकर आधारभुत बिद्यालयका पूर्वप्रधानाध्यापक मलकुमार आचार्य, लगायतले पुराणको बारेमा आ–आफनो बिचार प्रस्तुत गरेका थिए ।
मन्दिरमा गत २०८० फागुन २० गतेदेखि एक हप्ता सम्म पुराण आयोजना भएको थियो ।