Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाममा ११ बजेबाट मतगणना सुरु गर्ने

इलाममा ११ बजेबाट मतगणना सुरु गर्ने

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख १६ २०८१


इलाममा ११ बजेबाट मतगणना सुरु गर्ने

इलाम : इलाममा ११ बजेबाट मतगणना गरिने भएको छ । सर्वदलीय बैठकले ११ बजेबाट मतगणना कार्य थाल्ने निर्णय गरेको हो । फाकफोकथुम गाउँपालिकाबाट मतगणना कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले जानकारी दिए ।

फाकफोकथुमपछि क्रमश चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलाम गणना हुनेछ । सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ। हलका दुई स्थानमा मत गणना हुने छ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर ११ वटा सीसीटीभी जडान गरिएको छ। मतगणनाको नतिजा इलाम चोक बजारको डिस्प्लेमा समेत देखाउने तयारी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार