इलाम । इलाम २ मा भएको उपनिर्वाचनअन्तर्गत मतदान सम्पन्न भएपश्चात मतगणनाका लागि मतगणनास्थल तयारी अवस्थामा राखिएको छ। इलाम ७ मा रहेको गौतमबुद्ध सभाहल (सिटी हल) मतगणनाका लागि तयारी अवस्थामा राखिएको हो। मतगणना स्थलमा तारको जाली लगाइएको छ।
मतगणना भएसँगै सो स्थानमा कोही पनि पस्न नपाउने गरी व्यवस्था गरिएको छ। साँझ ५ बजे मतदान सम्पन्न भएपश्चात मतपेटिका सोझै सिटी हलमा ल्याइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले राति १० बजेसम्ममा सबैतिरका मतपेटिका सदरमुकाममा संकलन भइसक्ने अनुमान रहेको जानकारी दिए ।
मतपेटिका संलकन भइसकेपछि सर्वदलीय सहमतिपछि मतगणना गरिने कार्यालयले जनाएको छ।