Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

आज इलाम क्षेत्र २ मा उपनिर्वाचन, ७ बजे मतदान सुरु

आज इलाम क्षेत्र २ मा उपनिर्वाचन, ७ बजे मतदान सुरु

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख १५ २०८१


आज इलाम क्षेत्र २ मा उपनिर्वाचन, ७ बजे मतदान सुरु

इलाम– आज (शनिबार) इलाम क्षेत्र २ मा उपनिर्वाचनमा मतदानको कार्य सुरु भइसकेको छ । अहिले बिहान ७ बजे मतदान सुरु भएको हो । भरे साँझ ५ बजेभित्र मतदान केन्द्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउनेछन् । इलाम २ का एक सय ४९ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदानको कार्य भइरहेको छ ।

मतदातालाई पुरुष र महिलाले अलग–अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिए । सबै मतदान केन्द्रलाई ‘अति संवेदनशील’मा राखेको सुरक्षा समितिले यसपटक निर्वाचन सुरक्षाका लागि ‘विशेष व्यवस्था’ अपनाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र चार सय ८० नेपाली सेना र अनुसन्धानका २४ जना परिचालन गरिएको जनाइएको छ । छ पालिकाका ४२ वडामा मतदान हुन लागेको हो । यसपटकको निर्वाचनमा इलाम २ मा ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार