Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कक्षा १२ को परीक्षा : इलाममा साढे ३ हजार परीक्षार्थी

कक्षा १२ को परीक्षा : इलाममा साढे ३ हजार परीक्षार्थी

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख १४ २०८१


कक्षा १२ को परीक्षा : इलाममा साढे ३ हजार परीक्षार्थी

इलाम–आजबाट सुरु भएको कक्षा १२ को परीक्षामा इलामका १२ परीक्षा केन्द्रमा तीन हजार पाँच सय २२ विद्यार्थी परीक्षामा सामेल भएका छन्। शिक्षा विकास तथा समन्वय इकाईका अनुसार नियमिततर्फ दुई हजार नौ सय ६३ र आंशिकतर्फ पाँच सय ५९ विद्यार्थी अंग्रेजी विषयको परीक्षामा सामेल भएका हुन् ।

इकाईका शाखा अधिकृत अम्विकाप्रसाद खनालले जिल्लाभर १२ परीक्षा केन्द्र रहेको जानकारी दिए । उनका अनुसार चुलाचुलीको भानु माविमा दुई सय ८५, आमचोकको सिंहदेवी माविमा एक सय ३५, मंगलबारेको भानभक्त माविमा तीन सय, देउमाईको सूर्योदय शिक्षा सदनमा दुई सय ५०, इलामको आदर्श माविमा तीन सय ९५, बरबोटेको अमर माविमा चार सय सात, हेरिटेज नेसनलमा तीन सय ४४ विद्यार्थी छन् ।

यस्तै, इलामको माउन्ट मेची ९इलाम मावि०मा तीन सय, माई नगरको गरुवा बहुमुखी क्याम्पसमा दुई सय ७९, कन्यामको कृष्णाश्रम माविमा दुई सय ८८, फिक्कल माविमा तीन सय ४४ र करफोक विद्या मन्दिरमा एक सय ९५ विद्यार्थी परीक्षामा सामेल हुँदैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार