फिक्कल । इलामको सूर्योदय नगरपालिकामा श्री १०८ स्वामी सोमेश्वरानन्दको जीवनमा आधारित “जीवन चरित्र “ कृति लोकार्पण गरिएको छ । फिक्कलमा एक कार्यक्रमका विच इच्छाराम कट्टेलद्वारा लिखित “जीवन चरित्र “नामक कृति प्रमुख अतिथि प्राध्यापक डाक्टर गोविन्द प्रसाद भट्टराई, इतिहासविद्ध युद्ध प्रसाद बैद्य, प्राज्ञ कोमल निरौला लगायतले लोकापर्ण गरे ।
सुर्योदय सामाजिक प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रम देविप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । कृति लोकापर्ण गर्दै प्रमुख अतिथि भट्टराईले इलाम प्रकृति संगै मनका धनी ज्ञानका खानी भएको स्मरण गरे । उनले स्नातकोत्तर गर्ने विद्यार्थीका लागि थेसिस गर्ने दस्तावेज बनेको बताए । इतिहासविद्ध बैद्यले इतिहासका कुराहरु कपिपेस्ट गर्ने प्रवृतिका कारण खोज अनुसन्धान गर्ने प्रक्रिया हराएको बताए ।
उनले स्वामी सोमेश्वरानन्द जस्तै इलाममा योगदान गरी इतिहास बनाउने व्यक्तिहरु छायामा परेको बताए । कृति माथि कुल प्रसाद ढकालले टिप्पणी गरेका थिए । उनले २०० वर्ष करिवको इतिहास लेखिएको कृति इलाममा लोकार्पण हुनु गौरवमय भएको बताए । उनले स्वामी सोमेश्वरानन्द गडवालमा जन्मेर प्राकृतिक मोहले भिज्दै इलाम आएर शिक्षामा गरेको योगदान भुल्न नहुने उल्लेख गरे ।
इलाम पर्यटन संगै इतिहासको भुमि भएको उल्लेख गर्दै १०८ पदक प्राप्त गरेका व्यक्तित्वहरू भुमि पनि भएको बताए । यस्तै पुस्तक लेखकका सहयोगी मिलन क्षेत्रीले पशुपतिनगरमा स्वामी सोमेस्वरनन्दको कुटी ,कुवा, गौशला र समाधीस्थल रहेको जानकारी गराए । कार्यक्रममा डा. देवी क्षेत्री दुलाल , दिपक अधिकारी ,डिल्ली सुवेदी , प्राध्यापक अन्जना वस्ती भट्टराई , कृतिकार इच्छाराम कट्टेल लगायतले आफ्ना भनाइहरु राखेका थिए ।
भारतको गडवालमा जन्मिएका सोमेश्वरानन्दले राणा शासनकालमा इलाममा शिक्षा ज्योती छरेका थिए । उनले योगदानका कारण करफोक विद्या मन्दिर, फिक्कल माध्यमिक विद्यालय स्थापना भएका छन् । कट्टेलको जेल जिवनका स्मृतिहरु, इलाम जिल्लाको कम्युनिष्ट आन्दोलनमा ज्ञानीराम भट्टराईको योगदान , सन्त बालागुरुको संक्षिप्त जीवनी कृतिहरु बजारमा आएका छन् ।