Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम–२ मा कर्मचारी र सामग्रीको अन्तिम तयारी गरिंदै

इलाम–२ मा कर्मचारी र सामग्रीको अन्तिम तयारी गरिंदै

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख १० २०८१


इलाम–२ मा कर्मचारी र सामग्रीको अन्तिम तयारी गरिंदै

इलाम – वैशाख १५ को उप–निर्वाचन नजिकिंदै गर्दा जिल्ला निर्वाचन कार्यालय इलाम निर्वाचनमा खटिने कर्मचारीहरुको तयारी तथा व्यवस्थापनमा लागेको छ । कार्यालयले भोलि गते मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचन सम्बन्धी तालिमको राखेको छ । मतदान अधिकृतहरुलाई तालिम दिए पश्चात वैशाख ११ गते मतदानका लागि आवश्यक सामग्रीहरु दिइने जिल्ला निर्वाचन कार्यायलले जनाएको छ ।

कार्यालयले इलाम– २ मा रहेको ७९ मतदान स्थलका एक सय ४९ केन्द्रमा खटिने २९८ र जगेडा अन्य गरि करिब तीन सय सात जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिमको तयारी जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी कृष्ण लिम्बूले बताए । लिम्बूका अनुसार सबै मतदान केन्द्रहरुमा पठाइने ४० किसिमका सामग्री भने तयारी अवस्थामा छ ।

सियोधागो देखि मतपत्र सम्मका सामग्रीहरु तयारी रहेको बताइएको छ । ‘यी सामग्री बुझे पछि वैशाख १२ गते बेलुका सम्ममा सबै केन्द्रहरुमा सुरक्षाकर्मीका साथमा मतदान अधिकृत सहितको टोली पुगिसक्छ ।’ लिम्बूले भने ‘मतदान सक्किए पछि भने सुरक्षा ढुुवानी योजना अनुसार मतपेटिका संकलन हुन्छ, यो प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छ ।’

इलाम – २ मा छ स्थानीय तह, ४२ वटा वडा, ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् । भने यहाँ ५६ हजार ८६९ महिला, ५९ हजार ०१८ पुरुष, दुई अन्य गरि एक लाख १५ हजार ८८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार