फिक्कल । इलामको सूर्योदय नगरपालिका–१० ले चालु आर्थिक बर्षमा ४४ लाख रुपैया भन्दा बढि राजस्व संलकन गरेको छ । कार्यालय सार्वजनिक गरेको ९ महिनाको विवरण अनुसार ४४ लाख २९ हजार १४४ रुपैया राजस्व संलकन गरेको देखिन्छ । त्यसैगरी चैत्र महिनामा मात्र २ लाख ५३ हजार ३६२ रुपैया राजस्व संकलन गरेको सुचना अधिकारी ललिता राईले जानकारी दिइन् ।
कार्यालयले ९ महिनाको अवधिमा सम्पादन गरेको कार्यको विवरण समेत सार्वजनिक गरेको छ । कार्यालयमा ९ महिनाको अवधिमा विभिन्न प्रयोजनको लागि कार्यालयमा १ हजार ७ वटा निवेदन दर्ता भएका छन् । कार्यालयबाट १ हजार ३ सय ३९ वटा सिफारिस प्रदान भएको जनाइएको छ । त्यसैगरी ६४ वटा नयाँ व्यवसाय दर्ता भएका छन् ।
३ सय ५ जना व्यवसायिक फर्म र व्यवसायीले दर्ता नविकरण गरेको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । वडामा ११६ घटना दर्ता भएको सुचना अधिकारी ललिता राईले जानकारी दिइन् । कार्यालयमा चैत्र महिनामा सामाजिक सुरक्षा भत्ता दर्ता ३ वटा, उपभोक्ता समिति गठन १४ वटा भएका छन् । योजना सम्झौता १० वटा, सम्पन्न योजना ६ वटा, कार्यक्रम २ वटा र ३ वटा कार्यक्रम सम्झौता भएका छन् ।