Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम उपनिर्वाचनका सबै मतदानस्थल ‘अति संवेदनशील’

इलाम उपनिर्वाचनका सबै मतदानस्थल ‘अति संवेदनशील’

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख २ २०८१


इलाम उपनिर्वाचनका सबै मतदानस्थल ‘अति संवेदनशील’

इलाम– इलाम क्षेत्र २ को आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्धारण गरिएका सबै मतदानस्थल ‘अति संवेदनशील’ मानिएका छन् । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुनलागेको देशभरको एउटैमात्र निर्वाचन क्षेत्र भएकाले यहाँका सबै मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको हो । यहाँमात्रै उपनिर्वाचन हुँदा देशभरको ध्यान एकैठाउँमा केन्द्रित भएको र बाहिरबाटसमेत आउ–जाउ बढी हुनसक्ने भएकाले सबै मतदानस्थल सुरक्षाका दृष्टिले महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

‘अघिल्ला निर्वाचनमा मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य हिसाबले वर्गीकरण गरिन्थ्यो,’ उनले भने, ‘यो पटक सबै मतदानस्थलमा जमघट धेरै हुनसक्ने सम्भावनाले सबै मतदानस्थल अति संवेदनशील सूचीमा छन् ।’ क्षेत्र २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र छन् । मतदाताको संख्या एक लाख १५ हजार आठ सय ८९ छ ।

यीमध्ये पुरुष ५९ हजार १८ र महिला ५६ हजार आठ सय ६९ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसअघि पनि क्षेत्र २ का धेरैजसो मतदानस्थललाई अति संवेदनशील सूचीमै राख्ने गरिएको थियो । इलामको सीमा जोडिएको भारतको पश्चिम बंगालमा पनि वैशाख १४ मा निर्वाचन हुने भएकाले यताको सुरक्षा व्यवस्था बलियो रहने यादवले बताए ।

उपनिर्वाचन सुरक्षाका लागि करिब तीन हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । नेपाल प्रहरीका एक हजार पाँच सय २३, सशस्त्र प्रहरी बलका सात सय १० तथा नेपाली सेना सात सयको संख्यामा परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ । निर्वाचन हुनलागेको क्षेत्रमा छ स्थानीय तहका ४२ वडा पर्छन्

प्रतिक्रिया
सम्बन्धित समाचार