Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

टोल स्तरिय फुटबलको फाइनल भिड्ने टिम पक्का

टोल स्तरिय फुटबलको फाइनल भिड्ने टिम पक्का

  • रोशन काफ्ले
  • शनिबार, बैशाख १ २०८१


टोल स्तरिय फुटबलको फाइनल भिड्ने टिम पक्का

नयाँबजार । माईजोगमाई टोल स्तरिय फुटबलको उपाधिको लागि प्याङ एफसी र माईजोगमाई–४ भिड्ने भएका छन् । पहिलो सेमीफाइनल खेलमा माईजोगमाई–१ ए लाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै प्याङले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा दुवै टिमले १–१ गोल बराबरी खेलेका थिए । खेलको म्यान अफ द म्याच माईजोगमाई–१ ए का बिरेन लिम्बू घोषित भए । दोश्रो सेमीफाइनल खेलमा न्यु स्टार एफसी सोयाङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै माईजोगमाई–४ ए फाइनलमा प्रवेश गरेको हो ।

खेलको म्यान अफ द म्याच न्युस्टारका पवन लिम्बू घोषित भए । महिला तर्फको सेमिफाइनल खेलमा माईजोगमाई–३ ए ले प्याङ फुटबल क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा माईजोगमाई–४ सगको भेट सुरक्षित गरेको छ ।

माईजोगमाई ४ ले माइजोगमाई–३ बी लाई पराजित गरेर फाईनलमा स्थान सुरक्षित गरिसकेको छ । योल्मो फुटबल क्लबको आयोजनामा संचालित प्रतियोगिताको फाइनल बैशाख २ गते हुनेछ । पुरुष तर्फ बिजेताले ४० हजार र उपविजेताले ३० हजार प्राप्त गर्नेछ ।

महिला तर्फ बिजेताले १० हजार र उपविजेताले ८ हजार प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्ता साथै अन्य विद्यामा उत्कृष्ट हुने खेलाडिहरुलाई समेत नगद साथै ट्रफी प्रदान गरिने आयोजक योल्मो फुटबल क्लबका सचीव फुर्वा योल्मोले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार