सन्दकपुर । सुशिल लिम्बु निर्णायक बनेपछि पाँचथर फुटबल क्ल्ब इलाममा जारी चौथो संस्करणका सन्दकपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । पाँचथरको जितमा लिम्बुले एक मात्र गोल गरे । खेलको ६४ औ मिनेटमा लिम्बुले निर्णायक गोल गरेका थिए ।
निर्णायक बनेका लिम्बु प्लेयर अफ दि म्याच घोषित हुँदै नगद ३ हजार र ट्रफी प्राप्त गरे । जितसंगै पाँचथरले फाइनल प्रवेशका लागि डाँगीहाट फुटबल क्लब मोरङसंग प्रतिस्पधा गर्नेछ । डाँगीहाटले आयोजक देउराली स्पोर्टिङ क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।
देउराली स्पोर्टिङ क्लबको आयोजनामा चैत्र २४ बाट संचालन भइरहेको प्रतियोगिताको बिजेताले नगद २ लाख २ हजार २ सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैया प्राप्त गर्नेछन् ।