Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

जनता आधारभुत विद्यालयकाे खेलमैदान उद्घाटन

जनता आधारभुत विद्यालयकाे खेलमैदान उद्घाटन

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र २५ २०८०


जनता आधारभुत विद्यालयकाे खेलमैदान उद्घाटन

मंगलबारे । इलामकाे देउमाई नगरपालिका-१, चमैता खान्द्रुङस्थित जनता आधारभुत विद्यालयकाे खेलमैदानकाे उद्धघाटन भएकाे छ । नगर प्रमुख सूर्य पाेख्रेलले एक कार्यक्रमका बिच खेलमैदान उद्घाटन गरेका हुन् ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश चन्द्र राईको अध्यक्षता ,देउमाई नगरपालिका नगर प्रमुख सुर्य प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रुपेन्द्र प्रसाद न्यौपानेको विशेष आतिथ्यता रहेकाे थियाे ।

नयाँ बर्ष लक्षित साता ब्यापी नकाउट पुरुष भलिवल तथा फुटबल खेलकाे उद्घाटन गरिएकाे छ । उक्त खेलका लागि दुबै बिधामा २३ वटा टिमहरुले सहभागिता रहेकाे छ । हरेक दिन १० बजेबाट बैशाख १ गतेसम्म नियमित खेल संञ्चालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार