नयाँबजार । इलामको माइजोगमाई ३ चित्रे स्थित बौद्ध आधारभुत विद्यालयको खेलमैदानमा नयाँबर्षको अवसर पारेर माईजोगमाई टोलस्तरिय पुरुष तथा महिला फुटबल सुरु भएको छ । योल्मो फुटबल क्लब माईजोगमाई-३ को आयोजनामा आजबाट फुटबल खेल माईजोगमाई गाउँपालिका उपप्रमुख प्रविना राईको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो ।
उद्घाटन खेलमा आयोजक योल्मो फुटबल क्लब निलोले नुमाफुङ सोयाङलाई ४-० गाेलअन्तरले पराजित गरेकाे छ । खेलको म्यान अफ द म्याच आयोजक योल्मो फुटबल क्लबका बिकास योल्मो घोषित भए ।
उनलाई प्रमुख अतिथी माईजोगमाई गाउपालिका उपाध्यक्ष प्रविना राइले ट्रफी हस्तान्तरण गरिन । आज ३ वटा खेलहरु हुने छन् । पहिलो खेल न्युस्टार बी र सिगिएफसी , दोस्रो खेल नयाँबजार फुटबल क्लब र प्याङ फुटबल क्लब र अन्तिम खेल युवा शक्ति र एलएफसी बिच हुनेछ ।
२०८१ बैशाख २ गते हुने फाइनल खेल पुरुष तर्फको विजेता टोलिले नगद ४० हजार आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र तथा उपविजेता टोलिले नगद ३० हजार ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । महिला तर्फ फाइनल जित्ने टोलिले नगद १० हजार ट्रफी मेडल र प्रमाणपत्र र उपविजेता टोलिले नगद ८ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्ता साथै अन्य विद्यामा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत नगद साथै ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा अनुमानित नगद ३ लाख बढी खर्च हुने आयोजक योल्मो फुटबल क्लबका सचीव फुर्वा योल्मोले जानकारी दिए ।