Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा टोल स्तरिय पुरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता हुने

माईजोगमाईमा टोल स्तरिय पुरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता हुने

  • रोशन काफ्ले
  • बिहिबार, चैत्र २२ २०८०


माईजोगमाईमा टोल स्तरिय पुरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता हुने

नयाँबजार । आगामी चैत २४ गतेबाट नयाँबर्षको अवसरमा माईजोगमाईमा टोल स्तरिय पुरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । वडा नं ३ स्थित बौद्ध आधारभुत विद्यालयको खेलमैदानमा योल्मो फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुने भएको हो । माईजोगमाई भरिका १८ वटा टोलि सम्मीलित पुरुषहरुको खेल तालिका आज साझ सार्वजनिक गरिएको छ ।

महिलाहरुको खेलतालिका भोलि सार्वजनिक गरिने क्लबका सचिव फुर्वा योल्मोले जानकारी दिए । स्थानिय युवाहरुको अगुवाईमा आयोजना हुन लागेको खेल मैदानमा खेल हेर्ने दर्शकहरुलाई सहजताका लागि बासको अस्थाई पारापिट समेत निर्माण गरिएको छ । खेल सेभेन साइटमा हुनेछ ।

२०८१ साल बैशाख २ गते हुने फाइनल खेल पुरुष तर्फको विजेता टोलिले नगद ४० हजार आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र तथा उपविजेता टोलिले नगद ३० हजार ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला तर्फ फाइनल जित्ने टोलिले नगद १० हजार ट्रफी मेडल र प्रमाणपत्र र उपविजेता टोलिले नगद ८ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्ता साथै अन्य विद्यामा उत्कृष्ट हुने खेलाडिहरुलाई समेत नगद साथै ट्रफी प्रदान गरिने छ । खेल सकिदा अनुमानित नगद ३ लाख बढि खर्च हुने सचिव योल्मोले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार