Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुममा माओवादी केन्द्रको निर्वाचन केन्द्रित भेला

फाकफोकथुममा माओवादी केन्द्रको निर्वाचन केन्द्रित भेला

  • लिला लिम्बु
  • बुधबार, चैत्र २१ २०८०


फाकफोकथुममा माओवादी केन्द्रको निर्वाचन केन्द्रित भेला

फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिकामा माओवादी केन्द्रको निर्वाचन केन्द्रित भेला सम्पन्न भएको छ । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि माओवादी केन्द्र वडा केन्द्रित हुँदै गएको हो । भेलामा फाकफोथुमको ७ वटै वडाका पार्टीका अध्यक्षले पार्टीको अवस्थाको बारेम अवगत गराएका थिए ।

वडा नं १ का भोज बहादुर बोहरा, वडा नं २ का सरोज तिम्सिना, वडा नं ३ बाट सचिव प्रजापती भण्डारी, वडा नं ४ अध्यक्ष सुनिल खनाल, वडा नं ५ का सचिव राम कृष्ण घिमिरे, वडा नं ६ का अध्यक्ष नर कुमार राई र वडा नं ७ का मनकुमार पौडेलले संघीय निर्वाचनका लागि वडा देखि टोलसम्म जनतासंग साक्षतकार गर्नुपर्ने बताए ।

उनीहरुले जस्तो सुकै परिस्थितीको सामना गर्दै नेताहरु सहरमुखी मात्र नभएर गाउँमुखी भए माओवादी केन्द्रले बिजय हासि गर्न सक्ने सम्भावना रहेको बताए । भेलालाई सम्बोध गर्दै जिल्ला सहइन्चार्ज कान्छा लाओतीले फाकफोकथुम गाउँपालिका भरिमा माओवादीहरु एकजुट भएर निर्वाचनमा होमिन निर्देशन दिए ।

पार्टीका पालिका अध्यक्ष केबी बान्तावाले तीन महिने रुपान्तरण अभियानले कमी कमजोरीलाई समिक्षा गर्दै कार्यकर्ता र नेताहरु बिचको सम्बन्धलाई अझ सुमधुर बनाएको बताए । उनले सम्पुर्ण कार्यकर्ताहरुलाई इलाम–२ मा माओवादीका उम्मेदवारलाई जिताउन आग्रह गरे । माओवादी केन्द्रले धिरेन्द्र शर्मा रमणलाई उम्मेदवारको रुपमा केन्द्रमा सिफारिस गरेपछि माओवादी केन्द्रले वडा वडामा छलफल चलाइरहेको छ ।

केबी बान्तवाको अध्यक्षतामा भएको भेलामा जिल्ला सहइन्चार्ज तथा प्रदेश सचिवालय सदस्य कान्छा लावतीको प्रमुख आतिथ्यता रहेको थियो । निर्वाचन केन्द्रित भेलाको कार्यक्रम सञ्चालन पार्टी सचिव प्रकाश राई र स्वागत मन्तव्य हेमकर्ण निरौलाले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार