इलाम । नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ का ६ वटै पालिकामा बैठक सम्पन्न भएको छ । बैशाख १५ मा हुने उप–चुनावको रणनीति निर्माणका लागि पालिकाहरुको बैठक राखिएको हो ।
यसैगरि नेकपा माओवादी केन्द्र इलाम नगरपालिका कमिटीको बैठक सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र इलाम इञ्चार्ज प्रभास सर्माको अध्यक्षतामा भएको बैठकमा जिल्ला इञ्चार्ज उर्मिला तामाङको प्रमुख आथित्यता रहेको थियो । बैठकले नेकपा माओवादी केन्द्र इलाम नगरपालिकामा १ सय १ सदस्य इलाम नगर चुनाव परिचालन समिति गठन गरेको छ ।










