फाकफोकथु । इलामको फाकफोकथुम गाउँपालिकामा ६७ औँ सहकारी दिवस मनाइएको छ । सहकारी क्षेत्रका सरोकारवाला व्यक्तिको उपस्थितिमा सहकारी सम्बन्धी अन्तरक्रिया भएको थियो । फाकफोकथुम गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष सिद्धमान आलेको अध्यक्ष जिल्ला सहकारी संघका अध्यक्ष लिला थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सहकारी क्षेत्रका समस्या समाधानका बारेमा प्रकाशराज पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कृषि सहकारी संघ इलामका अध्यक्ष केदार पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाली काग्रेसका सागर थेगिम, नेकपा एमालेका प्रेमराज लिम्बु, नेकपा माओवादी केन्द्रका लक्ष्वण घतानी, सहकारी संघ देउमाई नगरपालिका अध्यक्ष दावा लामाले मन्तव्य राखेको कार्यक्रमको संचालन फाकफोकथुम गाउँपालिका सहकारी शाखाका विमल घिमिरेले गरेका थिए ।
सहकारी दिवसका अवसरमा उत्कृष्ट व्यवस्थापनमा नवकिरण कृषि सहकारी संस्थाका याम बहादूर तामाङ, उत्कृट सहकारीको अध्यक्षमा थामडाँडा पशुपालक सहकारी संस्था, उत्कृष्ट सहकारीमा पोखरी कृषि सहकारी संस्था र महिला पासङ ल्यामु बहुउदेश्य सहकारी संस्था लिमिटेड रहेका छन् ।
