Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम–२ मा राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

इलाम–२ मा राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र १५ २०८०


इलाम–२ मा राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

इलाम । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम–२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार चयन गरेको छ । पार्टीको संसदीय समितिको बैठकले गुरुङलाई इलाम–२ मा उम्मेदवारको रुपमा अघि बढाउने भएको हो । यसअघि राप्रपा इलामको जिल्ला कार्यसम्पादन समितिको बैठकले लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेदवारको रूपमा प्रदेशमा सिफारिस गरेको थियो ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २५ गते निधन भएपछि उपनिर्वाचन गर्न लागिएको हो । उपनिर्वाचनमा नेकपा एमालेले नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार चयन गरेको छ । प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवारको नाम टुंग्याइसकेका छैनन् ।

पहिचानवादीको पक्षमा डकेन्द्र लिम्बु र अर्जुनविक्रम शाहीले स्वतन्त्र घोषणा गरेका छन्। नेकपा (एकीकृत समाजवादी)ले जितबहादुर राईलाई उम्मेदवारको रूपमा अघि सारेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार