Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सुरक्षित आप्रवासन सामी परियोजनाको पत्रकारहरुसँगको अन्तरक्रिया सम्पन्न (तस्बिरहरु)

सुरक्षित आप्रवासन सामी परियोजनाको पत्रकारहरुसँगको अन्तरक्रिया सम्पन्न (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • बुधबार, चैत्र १४ २०८०


सुरक्षित आप्रवासन सामी परियोजनाको पत्रकारहरुसँगको अन्तरक्रिया सम्पन्न (तस्बिरहरु)

इलाम । सुरक्षित आप्रवासन सामी कार्यक्रम इलामको सरोकारवालाहरु अन्तरगत पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इलाम नगरपालिका उप–प्रमुख बिष्णु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा इलामको वैदेसिक रोजगारीमा जाने युवाहरुको अवस्थाका बारेमा जानकारी गराइएको थियो । परियोजनाका कार्यक्रम अधिकृत रोहित विश्वकर्माले वैदेसिक रोजगारी जाने स्थानमा इलाम छैटौ स्थानमा रहेको बताए ।

उनले इलाममा बैदेसिक रोजगारीका सिलसिलामा समस्या भई उजुरी भएका ४ सय ३७ वटा मध्ये २ सय ७२ वटा समाधान गरिएको बताए । कार्यक्रमका बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष बिप्लव भट्टराईले वैदेसिक रोजागरीका क्रममा देखिएका समस्या समाधान गर्न सामि परियोजनाको काम राम्रो भएको बताए । कार्यक्रममा इलामबाट संचालित संचारमाध्यमहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार