Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

देउवाले इलाम-२ का उम्मेदवारका आकांक्षीलाई छलफलका लागि बोलाए

देउवाले इलाम-२ का उम्मेदवारका आकांक्षीलाई छलफलका लागि बोलाए

  • सन्देश सम्वाददाता
  • बुधबार, चैत्र १४ २०८०


देउवाले इलाम-२ का उम्मेदवारका आकांक्षीलाई छलफलका लागि बोलाए

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम–२ को उम्मेदवारका आकांक्षीलाई छलफलका लागि बोलाएका छन् । बुधबार दिउँसो ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा उनले इलाम–२ को उम्मेदवारका लागि सिफारिस भएकाहरूलाई छलफलमा बोलाएका हुन् ।

कांग्रेसको इलाम–१ निर्वाचन क्षेत्र, जिल्ला र कोशी प्रदेश समितिले ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । जसमा भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई छन् ।
उम्मेदवारका लागि नाम सिफारिस भएका काठमाडौँमा रहेका नेताहरूसँग सामूहिक छलफलका लागि बोलाइएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।

२०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा इलाम—२ बाट निर्वाचित एमालेका सुवासचन्द्र नेम्वाङको भदौ २६ मा निधन भएपछि आगामी वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ । यसअघि नेम्बाङसँग कांग्रेसका खड्का ११४ मतले पराजित भएका थिए । कांग्रेसले चैत २० गतेसम्म कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठक राखेर उपनिर्वाचनका उम्मेदवार चयन गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार