Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

उपनिर्वाचन : माओवादीले इलाम र बझाङमा आफ्नै उम्मेदवार उभ्याउने

उपनिर्वाचन : माओवादीले इलाम र बझाङमा आफ्नै उम्मेदवार उभ्याउने

  • सन्देश सम्वाददाता
  • बुधबार, चैत्र १४ २०८०


उपनिर्वाचन : माओवादीले इलाम र बझाङमा आफ्नै उम्मेदवार उभ्याउने

काठमाडौं : सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले प्रतिनिधि सभामा इलाम २ र प्रदेश सभामा बझाङ १ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी केन्द्रीय कार्यालयको बैठकले इलाममा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्यको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवारी दिने निर्णय भएको बताए। उनले उम्मेदवारको नाम भने छलफल बाँकी नै रहेको र अर्को बैठकबाट टुंगो लाग्ने बताए।

उनले भने, ‘आजको हाम्रो पार्टी केन्द्रीय कार्यालयको बैठकले इलाममा प्रतिनिधि सभाको निर्वाचनमा पनि उठाउने र बझाङमा प्रदेश सभाको निर्वाचनमा पनि उठाउने निर्णय भएको छ। व्यक्तिको बारेमा निर्णय गर्न सिफारिस आउँदैछ, छलफल बाँकी छ, सायद अर्को बैठकमा निर्णय हुनेछ।’ प्रवक्ता सापकोटाले प्रदेशमा मुख्यमन्त्री नियुक्तिबारे अझै छलफल टुंगिनसकेकाले बिहीबारसम्म मुख्यमन्त्रीहरुको पनि टुंगो लाग्ने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार