Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम–२ मा राप्रपाको तीन उम्मेदवार सिफारिस

इलाम–२ मा राप्रपाको तीन उम्मेदवार सिफारिस

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र १३ २०८०


इलाम–२ मा राप्रपाको तीन उम्मेदवार सिफारिस

इलाम । आगामी बैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  इलाम जिल्ला समितिले उम्मेद्वारको नाम प्रदेश समितिमा सिफारिस गरेको छ । संघीय उपनिर्वाचनका लागि राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले क्रमशः लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेद्वारको रुपमा प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले बताए ।

बैठकमा राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख राम थापा, कोशी प्रदेश सभासद गोपाल गजमेर र हल्दिबारी गाउँपालिकाका अध्यक्ष तथा राप्रपा इलाम क्षेत्र नं।२ उपनिर्वाचनका संयोजक रविन्द्र लिङ्देनको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार