Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

नेकपा (एस) बाट इलाम-२ को उम्मेदवारमा तीनजनाको नाम सिफारिस

नेकपा (एस) बाट इलाम-२ को उम्मेदवारमा तीनजनाको नाम सिफारिस

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र १३ २०८०


नेकपा (एस) बाट इलाम-२ को उम्मेदवारमा तीनजनाको नाम सिफारिस

इलाम– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि उम्मेदवारमा तीन जनाको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला सचिवालयले जिल्ला सचिव हरिबाला राई, सचिवालय सदस्य जितबहादुर राई र केन्द्रीय परिषद् सदस्य पूर्णबहादुर बस्नेतको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला सदस्य चेतन अधिकारीले जानकारी दिए ।

यसअघि नेकपा (एस) बाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जिल्ला अध्यक्ष भक्त केसीसमेत उम्मेदवार बन्ने चर्चामा थिए । तर, खनाल र केसीलाई पार्टीले वाम दलको साझा उम्मेदवार बन्ने अवस्था आउँदमात्रै अघि सार्न खोजेको थियो । नेकपा (एमाले) ले पार्टीको एकल उम्मेदवार घोषणा गरेपछि नेकपा ९एस०ले खनाल र केसीलाई जिल्लाबाट सिफारिस नै नगरेको हो ।

इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । एमाले नेता सुवासचन्द्र नेम्बाङले चुनाव जितेको यो क्षेत्र गत भदौ २६ मा नेम्बाङको निधन भएपछि रिक्त छ । नेकपा एमालेले अधिवक्ता एवम स्र्पोटिङ इलाम एफसी डी मेचीका अध्यक्ष सुहाङ नेम्वाङलाई उम्मेदवारको रुपमा अघि सारेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार