Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर ३ मा आधारभुत सिलाईकटाई तालिम सम्पन्न (तस्बिरहरु)

सन्दकपुर ३ मा आधारभुत सिलाईकटाई तालिम सम्पन्न (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शनिबार, चैत्र १० २०८०


सन्दकपुर ३ मा आधारभुत सिलाईकटाई तालिम सम्पन्न (तस्बिरहरु)

सन्दकपुर (सुलुबुङ) । सन्दकपुर ३ मा आधारभुत सिलाईकटाई तालिम सम्पन्न भएको छ । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र भद्रपुर झापाको आयोजना तथा सन्दकपुर गाउँपालिका वडा नं ३ को साझेदारीमा आयोजित सिलाई कटाई तालिम वडाअध्यक्ष लिल बहादूर बुर्जाको अध्यक्षतामा सम्पन्न भएको हो ।

३ महिने सिलाई कटाई कार्यक्रमको समापनसँगै सहभागिलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिम केन्द्रका अधिकृत विनोद न्यौपानेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा दोस्रो लेवलको तालिम कार्यक्रम दिलाउने प्रतिबद्धता उनले जनाए । समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष लिल बहादूर बुर्जाले वडा कार्यालयले आगामि बजेट मार्फत सीप सिक्नेलाई मेशिनको व्यवस्था गर्ने बताए ।

तालिमको प्रशिक्षण हिरा कुमारी राई गरेकी थिइन् । सन्दकपुर ३ का सचिव शुनिल निरौलाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य सोम साउदेन गरेका थिए भने सहभागीको तर्फबाट रेखा सुबेदी मन्तव्य राखेकी थिइन् । तालिममा प्रशिक्षार्थी १४ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार