Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

इलाममा आगामी चैत्र १६ र १७ साहित्य महोत्सव हुँदै

इलाममा आगामी चैत्र १६ र १७ साहित्य महोत्सव हुँदै

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र १० २०८०


इलाममा आगामी चैत्र १६ र १७ साहित्य महोत्सव हुँदै

इलाम । इलाममा आगामीे इलाम साहित्य महोत्सव–२०८० हुने भएको छ । इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजनामा चैत १६ र १७ गते महोत्सव हुने भएको हो । महोत्सव उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नेछन् । सूत्रवक्ता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको हुनेछ । महोत्सवको पहिलो दिन ‘संघीयता : यस्तै वा कस्तो’ शीर्षकमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीबीच बहस हुनेछ ।

‘कविता’ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरूप र सुमिनाको बहस हुनेछ । ‘मिथकदेखि मिथकसम्म’ शीर्षकमा डा.अरुण गुप्तो र राजन मुकारुङ, ‘आख्यान ः अन्तिम पात र नयाँ पालुवा’ शीर्षकमा नारायण ढकाल र बसन्त बस्नेतबीच बहस हुनेछ भने ‘पोइट्री इन मुभमेन्ट’मा राजा पुनियानीको प्रस्तुति रहनेछ ।

‘बदलिँदो विश्व : फेरिँदो स्थानीयता’ शीर्षकमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङबीच बहस हुनेछ । ‘चारखोलको रंगमञ्च’मा सुरेश पोर्तेल र चेतन आङ्थुपोबीच बहस हुनेछ । ‘कविताको स्वर’ शीर्षकमा गद्य कवितावाचन रहेको छ । यस चरणमा वाचन हुने कवितामा डा. तुलसी गौतमले टिप्पणी गर्नेछन् ।

‘छन्द सुगन्ध’ शीर्षकमा कवितावाचन पनि यसै दिन हुनेछ । दोश्रो दिन चैत्र १७ गते ‘संरक्षण र पर्यापर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कर्णबीच संवाद हुनेछ । ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुबीच बहस हुनेछ । प्रा.अभि सुवेदीसँग ‘उमेरको कथा’ विषयमा दीपक सापकोटाले कुराकानी गर्दा ‘सिनेमा’ शीर्षकमा केकी अधिकारी, मीन भाम र रामबाबु गुरुङबीच बहस हुनेछ ।

‘अक्षर मोह : अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शंकर तिवारी र टीका आत्रेयबीच कुराकानी हुनेछ । ‘सीमा, साहित्य र संस्कृति’ शीर्षकमा डा.कविता लामा, गणेश खनियाँ र दीपक लुङ्गेलीले बहस गर्नेछन् । ‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा.ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार (कर्नाटक) र डा.अस्मिता विष्टबीच बहस हुनेछ ।

‘कस्तो राजनीति’ शीर्षकमा डा.सिके राउत, प्रदीप ज्ञवाली र विश्वप्रकाश शर्माबीच बहस हुनेछ । गजल साँझसँगै महोत्सव समापन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार