Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा लागुऔषध दुर्व्यसनी, मदिरा तथा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी सचेतना अभियान

सूर्योदयमा लागुऔषध दुर्व्यसनी, मदिरा तथा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी सचेतना अभियान

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र ८ २०८०


सूर्योदयमा लागुऔषध दुर्व्यसनी, मदिरा तथा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी सचेतना अभियान

फिक्कल ।  इलामको सूर्योदय नगरपालिकामा आजबाट लागुऔषध दुर्व्यसनी, मदिरा तथा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी सचेतना अभियान शुभारम्भ भएको छ । सूर्योदय नगरपालिका इलामको आयोजनामा ‘सभ्य, स्वच्छ र समुन्नत समाज हाम्रो सपनाः लागुऔषधमुक्त नगर हाम्रो परिकल्पना’ भन्ने मूल नाराका साथ लागुऔषध दुर्व्यसनी, मदिरा तथा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी सचेतना अभियान नगर प्रमुख रण बहादुर राईले शुभारम्भ गरे ।

नगर प्रमुख राईको अध्यक्षतामा शुभराम्भ भएको कार्यक्रमका विशेष अतिथि दार्जिलिङ्ग निवासी युथ मोटिभेसनल स्पिकर प्रिमियस भुटियाले युवालाई कुलतमा नफस्न आग्रह गरे ।  उनले आफु जिवनको महत्वपूर्ण क्षणमा कुलतमा फसेको सुनाउँदै अहिले कुलतबाट मुक्त भएर त्यहि पाठ पढाउदै हिडेको बताए । भुटियाले कुलतले मान्छेको जीवनलाई नर्कमा पुर्याउने भन्दै युवा–विद्यार्थीलाई कुलतबाट टाढै रहन आग्रह गरे ।

कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले नगरमा मदिरा तथा सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न १४ औं नगर सभाले ऐन नै पास गरेको जानकारी दिदै ऐन अनुसार कार्यान्वयन हुँदै जाने बताए । उनले स्थानीय मदिरा उत्पादन , प्रयोग र बिक्री बितरण संगै बजारमा पाईने मदिराको बिक्री बितरण प्रयोग सम्बन्धी ऐन निर्माण गरी नगर सभाले पास गरेको जानकारी गराए ।

नगरले मदिरा बेच्ने पसलले अनिवार्य सूचीकृत हुनु पर्ने ऐनमा उल्लेख छ  साथै नगरले मदिरा बिक्री गर्ने स्थान, समय तोकेको छ । ऐन लागु भए पछि उक्त ऐन अनुसार हुने नगर प्रमुख रण बहादुर राईले बताए ।  राईले सबैको भविष्य निर्माणका लागि गरिएको उक्त कार्यमा साथ दिन आग्रह गरे । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी सुरक्षाकर्मी, सरोकारवाला लगायतको सहभागिता थियो ।

सूर्योदय नगरपालिका क्षेत्रभित्रका विभिन्न बजार र वडामा आजदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा नगरपालिका क्षेत्रभित्रका युवा–विद्यार्थीलाई कुलतबाट बचाई÷जोगाई सभ्य, सुसंस्कृत र कर्तव्यनिष्ट नागरिक बनाउन कार्यक्रमको आयोजना गरिएको नगरका योजना अधिकृत खेम राईले जानकारी दिए ।

सचेतना अभियान ९ गते हर्कटे, १२ गते पशुपतिनगर बजार, १३ गते तीनघरे बजार, १४ गते गोर्खेको मंगलबारे बजार, १५ गते अन्तु भञ्ज्याङ्ग बजार, १८ गते कटुसे बजार, २० गते सुनपा–३ र ७ नं वडा कार्यालय, २१ गते सूनपा–८ र ९ नं वडा कार्यालय र २२ गते सूनपा ११ र १३ नं वडा कार्यालयमा सञ्चालन हुनेछन् । जसमा युवा, विद्यार्थी, टोल विकास संस्थाका प्रतिनिधि, स्थानीय अभिभावक र स्थानीय संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार